त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ। निर्वाचनमार्फत विद्यार्थीले नेतृत्व चुन्नेछन्।
कार्यतालिकाअनुसार बिहान ८ बजेदेखि सुरु हुने मतदान बेलुकी ४ बजेसम्म चल्नेछ।
विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन गत पुस २२ गते त्रिवि कार्यकारी परिषद्ले चैत ५ मा गर्ने निर्णय गरेको थियो।
२८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो। निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार छन्।
आज ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ।
चैत ५, २०७९, आइतबार
प्रतिक्रिया