राजनीति


पत्रकार महासंघद्वारा राष्ट्रपतिलाई बधाई

पत्रकार महासंघद्वारा राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेललाई दिन शुक्रबार शीतलनिवास पुगेको पत्रकार महासंघको टोली। तस्बिर : रासस


नेपालखबर
चैत ३, २०७९ शुक्रबार १३:१२, काठमाडौँ

नेपाल पत्रकार महासंघले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो। 

सो अवसरमा महासंघका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरे। भेटमा महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकारजगत्‌ले भोगिरहेका समस्याबारे जानकारी गराएको थियो। 

सो क्रममा राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता संगठनका रुपमा महासंघले निर्वाह गरेको भूमिकाको सराहना गरे। उनले सत्यतथ्य सूचना प्रवाहमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भनी कामना गरे। 

समाजमा भएका विकृति, विसंगतिप्रति पत्रकारजगत् सचेत भएर कलम चलाइरहनुपर्नेमा उनको जोड थियो। ‘गतल सूचना प्रवाह हुँदा समस्या पैदा हुन सक्छ, त्यसप्रति पत्रकारजगत सचेत रहेर सही सूचना दिनुपर्छ’, उनले भने। 

महासंघका अध्यक्ष पोख्रेलले नेपाली पत्रकारको समस्या, अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार भएको बताए। भेटमा महासंघका महासचिव रोशन पुरीलगायत पदाधिकारी सहभागी थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad