आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ।
सम्झौताअन्तर्गत विदेशबाट नेपाल रेमिटमार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
विदेशमा रहेका व्यक्तिले आफूलाई सहज पर्ने नेपाल रेमिटको साझेदारमार्फत नेपालमा रहनुभएको मित्रजन तथा परिवारलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्नेछन्।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।
18
Shares

प्रतिक्रिया