राजनीति


उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी कायम रहने निर्णय

उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी कायम रहने निर्णय

शनिबार उम्मेदवारी दर्तापछि रामसहायप्रसाद यादव। तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन २८, २०७९ आइतबार १२:२३, काठमाडौँ

उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने भएको छ।

निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेको छ। 

उनीविरुद्ध उम्मेदवारद्वय नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेतृ ममता झाले उजुरी दिएका थिए।

तर, आयोगले संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको भन्दै यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने जनाएको छ।

‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायको दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नगरी लिंग वा समुदाय फरक हुनुपर्ने गरी संवैधानिक र कानुनी व्यवस्था भइरहेको देखिँदा खसआर्य समुदायभन्दा फरक मधेसी समुदायका पुरुष उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको भन्न नमिल्ने हुँदा उम्मेदवारहरू अष्टलक्ष्मी शाक्य र ममता झाको दाबी विरोधको दुवै उजुरी पुग्न सक्दैन’, निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने, ‘त्यसैले उजुरी दाबीबमोजिम यादवको उपराष्ट्रपति पदको उम्मेदवारको मनोनयन पत्र खारेज गर्नुपर्ने देखिँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad