राजनीति


आयोगलाई रामसहायको पत्र– राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगका हुनैपर्ने व्यवस्था संविधानमा छैन

आयोगलाई रामसहायको पत्र– राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगका हुनैपर्ने व्यवस्था संविधानमा छैन

नेपालखबर
फागुन २८, २०७९ आइतबार १२:१८, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले आफूविरुद्ध परेको उजुरीबारे जवाफ दिँदै राष्ट्रपति र उपराष्ट्रपति पदमा फरक लिंग हुनुपर्ने व्यवस्था संविधानमा नभएको दाबी गरेका छन्। 

नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज जवाफी पत्र पठाउँदै उनले  प्रतिनिधिसभाका सभामुख र उपसभामुखमा फरक लिंगको हुनुपर्ने स्पष्ट व्यवस्था भएको तर राष्ट्रपति र उपराष्ट्रपतिको हकमा यो अनिवार्य  नभएको जिकिर गरेका हुन्। 

‘नेपालको संविधानको धारा ९१ (२) मा उपदफा १ बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनु पर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ। सो धारामा महिलाको अनिवार्य गरेको देखिन्छ’, पत्रमा यादवले लेखेका छन्, ‘तर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको सम्बन्धमा रहेको संवैधानिक र निर्वाचन सम्बन्धित ऐन २०७४ मा त्यस्तो अनिवार्य व्यवस्था छैन।’

जसपाबाट यादव र प्रमिला कुमारी यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दिएका छन् भने दसदलीय गठबन्धनमै रहेको जनमत पार्टीबाट ममता झा पनि उम्मेदवार बनेकी छन्। यस्तै उपराष्ट्रपति पदका लागि नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन्।

उम्मेदवार यादवविरुद्ध शाक्य र झाका तर्फबाट उजुरी परेको थियो। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad