ad ad

खेल


७७ रन बनाएर पवेलियन फर्किए रोहित

७७ रन बनाएर पवेलियन फर्किए रोहित

रोहित पौडेल । तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन २८, २०७९ आइतबार १२:३५, काठमाडौँ

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत यूएईसँगको खेलमा कप्तान रोहित पौडेलले ७७ रन बनाएर पवेलियन फर्किएका छन्। 

खराब सुरुवात गरेको नेपालका लागि कप्तान रोहितले ७७ रनको महत्वपूर्ण योगदान दिए। 

पाँचौ विकेटका लागि कप्तान रोहित र आरिफ शेखले ८६ रनको महत्वपुर्ण साझेदारी गर्दै नेपालको इनिङस सम्हालेका थिए। कप्तान रोहितले ११२ बलमा ९ चौका हान्दै ७७ रन बनाउँदा क्याच आउट हुन पुगे। 

एक समय ७.१ ओभरमा ३ विकेट गुमाएर २२ रनको खराब अवस्थामा रहेको नेपालका लागि रोहित र भिमले साझेदारी गर्दै नेपालको इनिङस सम्हालेका थिए। 

चौथो विकेटका लागि रोहित र भीम सार्कीले ५४ रनको साझेदारी गरे। भिम २९ बलमा क्याच आउट भए। 

ओपनर कुशल भुर्तेल ८ रन बनाउदा एलबीडब्लु धरापमा परे। आशिफ शेख शुन्य रनमा आउट भए। कुशल मल्ल ९ रनमा क्याच आउट भए। 

आगामी ४ वर्षका लागि ओडिआई मान्यता जोगाउनका लागि नेपाल र युएई दुवै महत्वपुर्ण जितको खोजीमा छन्। 

युएईका लागि आयान अफ्जल खानले २ विकेट लिए। आर्यन लाक्रा, जुनैद सिद्दिकी र रोहन मुस्तफाले एक एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .