स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत देशभरका १८ क्याम्पसको नेतृत्व नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले निर्विरोध पाएको छ।
अखिल (क्रान्तिकारी) का महासचिव दीपेश पुनका अनुसार आफ्नो संगठनका नेताले निर्विरोध नेतृत्व पाएका १८ स्थान यी हुन्–
१. सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य
२. यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी
४. शीतल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
५. चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की
६. बन्गाड क्याम्पस, सल्यान : अजय विष्ट
७. फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने
८. लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
९. जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा्
१०. गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ
११. चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
१२. मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
१३. सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने
१४. शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
१५. गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे
१६. कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ
१७. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ
१८. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना
‘त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा ५ चैतमा हुने चुनावका लागि शनिबार मनोनयन दर्ता भएको छ’, महासचिव पुनले भने, ‘देशभरका क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता हुँदा विभिन्न १८ क्याम्पसमा माओवादीकेन्द्र निकट अखिल (क्रान्तिकारी) १८ जना स्ववियु सभापति निर्विरोध निर्वाचित भएका हुन्।’
स्ववियु निर्वाचनको मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै छ।
आज (फागुन २८) चाहिँ बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध र आजै साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ।
Shares
प्रतिक्रिया