दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दैलेखबाट निर्माण सामग्री लिएर कालीकोट जाँदै गरेको ना ७ त ४४७७ ट्रयाक्टर शनिबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
दुर्घटनामा दैलेखको नौमुले गाउँपालिका–३ द्वारीका निवासी २८ वर्षीय शशिराम पुनको मृत्यु भएको हो।
नौमुले गाउँपालिका–२ गेरुपानीको भिरबाट ट्रयाक्टर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
21
Shares
प्रतिक्रिया