राजनीति


नवनिर्वाचित राष्ट्रपति पौडेल आज पुष्पलाल पार्क र भट्टराई आश्रम जाँदै

नवनिर्वाचित राष्ट्रपति पौडेल आज पुष्पलाल पार्क र भट्टराई आश्रम जाँदै

नेपालखबर
फागुन २७, २०७९ शनिबार ६:३५, काठमाडौँ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पनि विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्। 

गत बिहीबार मात्र राष्ट्रपतिमा चयन पौडेल शुक्रबारदेखि विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। 

हिजो राष्ट्रपति पौडेलले गुह्यश्वरी र पशुपतिनाथ मन्दिरको दर्शन गर्नाका साथै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए।

आज पनि उनी दिउँसो साढे १ बजे पुष्पलाल पार्क (चम्पादेवी) र त्यसपछि दिउँसो साढे २ बजे भट्टराई आश्रम बाडेगाउँ पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ। 

चौथो कार्यकालका लागि मुलुकको तेस्रो राष्ट्रपति बनेका पौडेलले आगामी सोमबार शपथ खाने र पद सम्हाल्ने तयारी छ।  

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने भोलि (फागुन २८ गते) सकिँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad