राजनीति


देशभरका क्याम्पसमा स्ववियु उम्मेदवारी दर्ता आज

देशभरका क्याम्पसमा स्ववियु उम्मेदवारी दर्ता आज

नेपालखबर
फागुन २७, २०७९ शनिबार ६:३३, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ। 


त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र दर्ताको समय तोकिएको छ। 

यसपटक समानुपातिक प्रणालीबाट पहिलोपटक स्ववियु निर्वाचन हुन लागेको हो। 

सत्तारुढ गठबन्धन निकटका विद्यार्थी संगठनले स्ववियु निर्वाचन पनि मिलेरै लड्ने तयारी गरेका छन्। उनीहरुले नेकपा (एमाले) निकट अनेरास्ववियु विरुद्ध गठबन्धनको तयारी गरेका हुन्।


देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदैछ।


प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन। 

 

२०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो। त्यसयता नभएको निर्वाचन यसपटक हुन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad