राजनीति


‘माओवादी पाखा लगाएर एमालेले कांग्रेससँग मिल्ने कुरा नसोचे हुन्छ’

‘माओवादी पाखा लगाएर एमालेले कांग्रेससँग मिल्ने कुरा नसोचे हुन्छ’

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १२:२६, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादीलाई पाखा लगाएर कांग्रेससँग मिल्ने कुरा एमालेले नसोचे ठिक हुने बताएका छन्। 

शुक्रवार ललितपुरको बोडे गाउँस्थित पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको आश्रममा उनले यस्तो बताएका हुन्। 

माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रसुले सहमति गर्ने कुरा सपनामा पनि नसोच्न खडेकाले आग्रह गरे। 

उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहा¥याउने बताए। खड्काले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभइ ५ वर्ष जाने बताए। 

‘अब उहाँ (केपी शर्मा ओली) ले कुन सन्दर्भमा कसरी त्यो कुरा राख्नुभएको छ उहाँको कुरा हो । तर कांग्रेस माओवादीसहितका दलहरु हामी पुस १० गते भत्किएको कुरालाई फेरि कमजोरी र गल्ती स्वीकार्दै एजेण्डामा सहमति भएका दलहरु यी एजेण्डामा टसमस नभएर ५ वर्ष अघि बढ्छौँ’, उनले भने, ‘कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ला र होला भन्ने कसैले नसोचे हुन्छ । त्यो सपनामा मात्रै सम्भव छ।’

उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको बिस्तार हुने बताए।

उनले उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने र त्यसको कही दिनमा मात्रै सरकार बिस्तार हुने बताए। 

उनले आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा बन्ने र कांग्रेस त्यहीँ सहभागी हुने बताए।

‘सरकारको बारेमा हामीले छलफल प्रारम्भ गरेका छैनौँ। प्रधानमन्त्रीजीले भन्नुभएको छ, उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको कुरा हुन्छ’, उनले भने, ‘अहिले हामी उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले विश्वासको मत लिएको केही दिनभित्र नै सरकार बिस्तारको कुरा हुन्छ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा सरकार अघि बढ्छ । कांग्रेसु सहभागी हुन्छ।’

उपसभापति खड्काले द्वन्द्वकालीन मुदद १२ बुँदे शान्ति सम्झौतामार्फत नै अघि बढ्ने बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad