राजनीति


नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता उपराष्ट्रपति पदमा उठ्ने

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता उपराष्ट्रपति पदमा उठ्ने

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १२:३५, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यही चैत ३ गते हुन लागेको उपराष्ट्रपति पदमा उम्मेदवारी दिने भएकी छन्। 

सिंहदरबारमा शुक्रबार बसेको उन्मुक्ति संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

उन्मुक्तिका सांसद गंगाराम चौधरीले अध्यक्षलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने निर्णय भएको जानकारी सञ्चारकर्मीलाई दिएका छन्। 

पार्टी अध्यक्षलाई उपराष्ट्रपतिमा अघि सार्ने निर्णय भएको बताउँदै अब यसलाई लिएर राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धनमा छलफल गरिने पनि चौधरीले बताएका छन्।

बिहीबार राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। 

यस्तोमा उपरारष्ट्रपति पदमा फरक समुदाय वा लिङ्गको व्यक्ति चाहिने आवाज उठिरहेको छ। निर्वाचन आयोगलेसमेत महिलालाई उपराष्ट्रपतिमा अघि सार्न दलहरुलाई सुझाएको छ।

नेपाली कांग्रेस र माओवादी केन्द्र नेतृत्वको आठ दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा जनता समाजवादी संसदीय दलका नेता रामसहायप्रसाद यादव उठ्ने चर्चा थियो।

उनलाई गठबन्धनको उम्मेदवार भन्दै बिहीबार राष्ट्रपतिको निर्वाचनका क्रममा सेल्फी र फोटो लिने सांसदहरुको भिड नै लागेको थियो।

तर शुक्रबार मात्रै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपतिको उम्मेदवारबारे गठबन्धनले अहिलेसम्म निर्णय गरिनसकेको बताएका छन्।

त्यस्तै माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि उपराष्ट्रपतिबारे कुनै निर्णय नभएको बताए। बालुवाटारमा माओवादी धारका नेताहरुको बैठकपछि बोल्दै उनले उपराष्ट्रपति फरक समुदाय र लिङ्गको हुनुपर्ने आफूहरुको धारणा रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad