आगामी कार्यकालका लागि नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। बिहीबार भएको निर्वाचनबाट कांग्रेसका वरिष्ठ नेता पौडेल चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन भएका हुन्।
नौदलीय गठबन्धनको साथ पाएका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २ सय ८४ मतभारले पछि पार्दै राष्ट्रपति बन्न सफल भएका हुन्।
बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी हुँदै पौडेल नयाँ राष्ट्रपति चुनिएका हुन्। राष्ट्रपति भण्डारीको कार्यकाल आइतबार (फागुन २८ गते) सकिँदै छ भने नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ खानेछन् र राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्।
132
Shares

प्रतिक्रिया