राजनीति


आज विविध कार्यक्रममा सरिक हुँदै नवनिर्वाचित राष्ट्रपति पौडेल

आज विविध कार्यक्रममा सरिक हुँदै नवनिर्वाचित राष्ट्रपति पौडेल

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ७:१, काठमाडौँ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज विविध कार्यक्रममा सरिक हुने भएका छन्। 

स्रोतका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलसँग आज बिहान ८ बजे बोहराटारमा सभामुख देवराज घिमिरेले भेटवार्ता गर्ने कार्यक्रम छ।

यसपछि नवनिर्वाचित राष्ट्रपति पौडेले साढे ८ बजे गुह्यश्वरी दर्शनमा निस्कनेछन् भने लगत्तै बिहान ९ बजे पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ।

यस्तै आज बिहान ११ बजे नवनिर्वाचित राष्ट्रपति पौडेल सुन्दरीजलस्थित बीपी संग्रहालयमा जाने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad