राजनीति


प्रचण्डविरुद्धको मुद्दाबारे गगन थापा : हामीलाई दबाब पर्‍यो, चाँडो टुंग्याउँछौँ

प्रचण्डविरुद्धको मुद्दाबारे गगन थापा : हामीलाई दबाब पर्‍यो, चाँडो टुंग्याउँछौँ

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १२:४१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संक्रमणकालीन न्याय निरुपण प्रक्रियालाई चाँडो टुंग्याउने बताएका छन्।

संघीय संसद भवनमा जारी राष्ट्रपति निर्वाचनमा मतदानका लागि पुगेका थापाले सञ्चारकर्मीसँग यस्तो बताएका हुन्। 

'अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा पर्‍यो। यसले संक्रमणकालीन मुद्दामा हामीलाई पनि दबाब परेको छ। अब यसलाई हामी चाँडो टुंग्याउँछौँ', उनले भने, 'अब यो चाँडो टुंगिन्छ। यो दल ऊ दल नभनी  अब हामी मिलाउँछौँ।'

थापाले फरक प्रसंगमा आफू मन्त्री बन्ने कुरा अहिलेसम्म कहीँ नभएको बताए। 'म मन्त्री बन्ने कुरा अहिलेसम्म कहीँ भएको छैन। कसैसँग छलफल भएको छैन', उनले भने, 'कोहीसँग केही कुरा भएको छैन। राष्ट्रपति निर्वाचन सकिएपछि मात्रै हामी मन्त्रीबारे चर्चा थाल्छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .