ad ad

राजनीति


प्रचण्डविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा

प्रचण्डविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा

नेपालखबर
फागुन २५, २०७९ बिहिबार ११:४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको छ। 

रिट निवेदन आज सुनुवाइ गर्न चौथो नम्बरमा पेसी तोकिएको छ। चौथो नम्बरमै भएकाले आजै सुनुवाइ हुने सम्भावना बढेको छ। 

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा जनयुद्धमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेर दिएको अभिव्यक्तिका आधारमा पीडित परिवारले उनीविरुद्ध कारबाही माग गर्दै सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका हुन्। 

रिट निवेदनका पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछाप निवासी ज्ञानेन्द्रराज आरणसहित २८ जना छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .