ad ad

कला


बच्चालाई तातोपानी खन्याएको आरोपपछि राजेशले भने- प्रमाण लिएर आउनुस्, पाउमा शीर राखिदिन्छु

बच्चालाई तातोपानी खन्याएको आरोपपछि राजेशले भने- प्रमाण लिएर आउनुस्, पाउमा शीर राखिदिन्छु

नेपालखबर
फागुन २५, २०७९ बिहिबार ११:१०, काठमाडौँ

मंगलबार दिउँसो गायक राजेश पायल राईकी श्रीमतीको नामको फेसबुकबाट एउटा स्टाटस सार्वजनिक भयो। जसमा लेखिएको थियो- ‘आज मेरो दुधेबालक (जसको बोली पनि फुटेको छैन) लाई तातो पानी खन्यायो। भोलि गएर हामी आमाछोरालाई तातो पानी खन्याउन पनि बेर लगाउँदैन। मेरो सानु छिटो निको हुनु, पापी बाउ!’

उनको यो स्टाटस लेखेको फेसबुक केही समयपछि डिएक्टिभ भयो। मंगलबार साँझ राईको विवाह दर्ताको प्रमाणपत्र सार्वजनिक भयो। धेरैले उनको विवाहको प्रमाणपत्र सार्वजनिकको खबर छापे। लिभिङ रिलेसनमै रहँदा एक छोरालाई जन्म दिएर गत भदौमा मात्रै विवाह गरेका राजेशले सार्वजनिक कार्यक्रममा पनि आफू अविवाहित रहेको बताउने गरेका थिए।

त्यसैले पनि उनको विवाहको प्रमाणपत्र सार्वजनिक खबरले राम्रो स्थान पायो। तर केही मिडियामा भने उनकी श्रीमतीको नामको फेसबुकबाट सार्वजनिक स्टाटसलाई खबरका रुपमा छापे। 

उक्त स्टाटस लेखेको फेसबुक डिएक्टिभ भए पनि स्क्रिनसर्ट अहिले सामाजिक सञ्जालमा धेरैले राखिरहेका छन्। धेरैले राजेशप्रति प्रश्न गरिरहेका छन्। यसैबीच गायक राई फेसबुक मार्फत लामो स्टाटस लेख्दै स्पष्टिकरण दिएका छन्। 

उनले लेखेका छन्, ‘गम्भिर आपती, प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शीर राखिदिन्छु। एउटा स्टाटसकै भरमा कसैलाई यती ठुलो गाली गलौज लेख्न मिल्छ? मेरो ब्यक्तिगत विवरण छाप्न मिल्छ? बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ? अनेक अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ? आउनुस् म च्यालेन्ज दिन्छु, यदी प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शीर राखी दिन्छु। हिजो घटेको घटना रहेछ, बच्चालाई हस्पिटल लगेको होला, नलेगेनी हिजो खन्याको तातो पानी त पक्कै पानी फोका ऊठ्यो होला, रातो दाग होला! घाऊ होला, प्रमाण ल्याउनुस् मेरो शीर तपाईंको हातमा राखिन भने म किराती होइन ।’ उनले आफ्नो स्टाटसमा आफ्ना विरुद्ध समाचार छाप्ने सञ्चार माध्यमलाई समेत प्रश्न गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .