ad ad

राजनीति


राष्ट्रपतिमा कसलाई भोट हाल्ने? आज निर्णय गर्दै रास्वपा

राष्ट्रपतिमा कसलाई भोट हाल्ने? आज निर्णय गर्दै रास्वपा

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार ८:२, काठमाडौँ

राष्ट्रपतिका दुई उम्मेदवारमध्ये कसलाई मत दिने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिले बिहान निर्णय गर्दै छ। 

आज नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुँदै छ भने नौदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्। 

मतदान सुरु हुनुअघि रास्वपाले आफ्नो बैठक राखेर कुन उम्मेदवारका पक्षमा मतदान गर्ने भनेर निर्णय गर्न लागेको हो। 

त्यसका लागि अहिले बिहान ९ बजे पदाधिकारी र संसदीय दलको बैठक बस्ने तयारी भइरहेको रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। 

‘बैठकले दुई उम्मेदवारमध्ये कसका पक्षमा मतदान गर्ने भन्ने विषयमा निर्णय गर्छ’, बैठकअघि उनले नेपालखबरसँग भने। 

राष्ट्रपति चुन्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदै छ। 

प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद छन्।

पौडेलका पक्षमा नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले मत हाल्ने घोषणा गरिसकेका छन्। 

नेम्वाङका पक्षमा अहिलेसम्म उनकै एमाले पार्टीबाहेक अरूले भोट हाल्ने भनेका छैनन्। 

राप्रपाले मतदानै नगर्ने निर्णय गरेको छ भने यो खबर लेख्दासम्म रास्वपासहित नेमकिपा, हाम्रो नेपाली पार्टी र स्वतन्त्र सांसद खुलेका छैनन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .