ad ad

समाज


पातै नदेखिने गरी फुले आँप र लिचीका बोट

पातै नदेखिने गरी फुले आँप र लिचीका बोट

नेपालखबर
फागुन २५, २०७९ बिहिबार ८:१०, सर्लाही

यस वर्ष तराई मधेशका जिल्लामा आँप र लिचीका बोट पात नदेखिनेगरी फुलेका छन्। 

विगत ६ महिनादेखि वर्षा नभए पनि आँप, लिचीलगायतका फलफूलका बोटमा विगतका वर्षभन्दा राम्रो फूल (मञ्जर) लागेको किसानहरुले बताएका छन्। 

सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रौतहट लगायत मधेश प्रदेशका सबैजसो जिल्लामा व्यवसायिक रुपमा आँप, लिची लगायतका फलफूल खेती हुन्छ। 

देशकै सबैभन्दा ठूलो सर्लाहीको लालबन्दीस्थित उष्ण प्रदेशीय बागबानी केन्द्रमा पनि यस वर्ष आँप र लिचीका सबैजसो बोटमा झपक्कै फूल लागेको छ। 

केन्द्रका निमित्त प्रमुख रामकुमार यादवका अनुसार बागबानीमा यस वर्ष इतिहासकै सबैभन्दा राम्रोगरी आँप र लिची फुलेका छन्।

एक सय ८५ दशमलव पाँच हेक्टर (तीन सय बिघा) क्षेत्रफलमा फैलिएको बागबानीमा करिब ६ हजार आँप र ६२१ लिचीका बोट छन्। केन्द्रमा आँपका मात्रै ३५ प्रजातिका बोट छन्। 

‘आँप एक वर्ष फल्ने र एक वर्ष नफल्ने हुन्छ,’ केन्द्र प्रमुख यादवले नेपालखबरसँग भने, ‘यस वर्ष आँप फल्ने वर्ष हो। यहाँका सबैजसो आँप र लिचीका बोटमा यस वर्ष झपक्कै फूल लागेको छ। मलाई लाग्छ यस वर्ष हामी यहाँबाट इतिहासकै सबैभन्दा धेरै राजश्व सरकारलाई बुझाउने छौँ।’

बागबानीमा मात्रै होइन सर्लाही र महोत्तरीका किसानले व्यवसायिक रुपमा लगाएका बगैँचामा पनि यस वर्ष आँप र लिची झपक्कै फुलेका छन्। 

आँप र लिची फुलेपछि खुसी भएका किसानले यस वर्ष आम्दानी पनि धेरै हुने आशा गर्न थालेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .