ad ad

राजनीति


चिफ अफ डिफेन्स स्टाफको नियुक्तिपछि बलियो बन्ला भारतको सेना?

चिफ अफ डिफेन्स स्टाफको नियुक्तिपछि बलियो बन्ला भारतको सेना?

नेपालखबर
पुस १७, २०७६ बिहिबार ६:२९,

भारतमा सोमबार सरकारले जनरल विपिन रावतलाई देशकै पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त गर्‍यो।

सेनाको आधुनिकीकरणका लागि भन्दै भारतले यो पद सिर्जना गरेको हो। सेनापतिकै जति तलब र सेवा सुविधा हुनेगरी चारतारे जर्नेललाई यो जिम्मेवारी दिइएको हो।

रक्षा मन्त्रालयअन्तर्गत सैन्य मामिलासम्बन्धी विभागको सचिव हुनेछन् सीडीएस।

जल, थल र वायु, तीनै सेनाको परिचालनबारे सरकारको मुख्य सल्लाहकार पनि सीडीएस नै हुनेछन्। त्यसैले जनरल रावत अब तीन वटै सेनाको योजना निर्माण, खरिद, तालिम र रसदका लागि एकरुपता ल्याउन जिम्मेवार रहने छन्।

सन् १९९९ देखि नै भारतमा सीडीएस पद स्थापना गर्नेबारे चर्चा हुँदै आएको थियो। तीन वटै सेनामा सहकार्यका लागि सीडीएस आवश्यक रहेको कार्गिल युद्धपछि गठिन समीक्षा समितिले निष्कर्ष निकालेको थियो।

सही तरिकाले कार्यान्वयन गर्न सके यसले सेनालाई बलियो बनाउन यो उपयोगी हुनसक्ने सैन्य विश्लेषकहरुले बताएका छन्।

तर, पछिल्लो समय राजनीतिक प्रकृतिका अभिव्यक्ति दिएका कारण जनरल रावत भारतभित्र केही हदसम्म विवादित भएका थिए।

भारत र चीन २० औँ शताब्दीको मध्यतिर सँगसँगैजस्तो उपनिवेश र युद्धको चपेटाबाट मुक्त भएर स्वतन्त्र राष्ट्रका रुपमा विकासको मार्गमा अघि बढेका थिए।

यतिबेला चीनले महाशक्ति अमेरिकालाई टक्कर दिइरहेको छ भने भारत आफूलाई चीनको प्रतिस्पर्धी ठान्ने गर्छ।

नेपालका दुईतर्फ अवस्थित यी दुवै देशले आआफ्नो सेनाको आधुनिकीकरण गर्ने योजना अघि सारेका छन्। यद्यपि सैन्य हिसाबले भारत चीनभन्दा धेरै पछि छ। तैपनि विश्व व्यवस्थामा अनिश्चय देखिएको बेला यी दुई ठूला शक्तिले सैन्य सशक्तिकरणमा जोड दिनुले निकै ठूलो अर्थ राख्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .