उक्त खेलमा टोटनह्यामलाई साउथह्याम्पटनले १–० ले पराजित गर्यो।
खेल जारी रहँदा टोटनह्यामका प्रशिक्षक जोसे मोरिन्होले पहेलो कार्ड पाए। सामान्यत फुटबलमा खेलाडीले पहेलो कार्ड पाउँछन्।
तर बुधबार राति प्रशिक्षक मोरिन्होले पहेलो कार्ड पाएपछि दर्शकहरु अलमल्लमा परेका थिए।
भिडियो
फुटबलमा खेल रणनीति निकै महत्वपूर्ण मानिन्छ। मोरिन्होले खेल जारी रहँदा विपक्षीको खेल रणनीतिक लुकेर हेरेका कारण पहेलो कार्ड पाएको जनाइएको छ।
मोरिन्होले विपक्षीको खेल रणनीति लुकेर हेरेको भिडियो तथा फोटोहरु सार्वजनिक भएपछि यतिबेला उनको आलोचना भइरहेको छ।
केहीले मोरिन्होको यस कार्यलाई मूखर्ता भनेका छन्।
प्रतिक्रिया