ad ad

राजनीति


रामचन्द्र पौडेल र झलनाथ खनालबीच भेटवार्ता

रामचन्द्र पौडेल र झलनाथ खनालबीच भेटवार्ता

नेपालखबर
फागुन २२, २०७९ सोमबार ९:२९, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। 

सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो। 

भेटवार्ताका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको जनाइएको छ। 

आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिका बारेमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ।

पौडेल आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेका छन्। पौडेलविरुद्ध नेकपा एमालेले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .