ad ad

कला


‘छक्कापञ्जा ४’ले ३ दिनमै कमायो साढे ३ करोड

‘छक्कापञ्जा ४’ले ३ दिनमै कमायो साढे ३ करोड

नेपालखबर
फागुन २२, २०७९ सोमबार ९:३५, काठमाडौँ

लामो समयदेखि सुक्खा रहेको नेपाली बक्स अफिसमा हरियाली छाएको छ। गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’ले ३ दिनमै साढे ३ करोडभन्दा माथि कलेक्सन गरेको निर्मातासमेत रहेका दीपकराज गिरीले बताए।

फिल्मले प्रदर्शनको पहिलो दिनबाटै आक्रामक व्यापार गरिरहेको छ। 

खासै प्रचार नगरी प्रदर्शन गरिएको फिल्मको दर्शक प्रतिक्रिया बुझ्न दीपक-दीपाको टिम उपत्यकाका विभिन्न हलमा गइरहेको छ। आफू पुगेका प्राय: हलमा हाउसफुल दर्शकसहित फिल्म प्रदर्शन भइरेहेको दीपकले बताएका छन्।

फिल्मको सोमबारको बुकिङ पनि राम्रो छ। सोमबार र मंगलबार फागू पर्व तथा नारी दिवसको सरकारी बिदासमेत परेकाले फिल्मको व्यापार बढ्ने अनुमान गरिएको छ। 

मल्टिप्लेक्स र सिंगल थिएटर दुवैबाट फिल्म देशभरका २ सय पर्दामा प्रदर्शन भइरहेको छ।

यो फिल्म हेमराज बीसीले निर्देशन गरेका हुन्। फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुँवर, राज आचार्यलगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .