राजनीति


राष्ट्रपति निर्वाचनबारे आज सातै प्रदेशका आफ्ना प्रदेशसभा सदस्यसँग छलफल गर्दै ८ दल

राष्ट्रपति निर्वाचनबारे आज सातै प्रदेशका आफ्ना प्रदेशसभा सदस्यसँग छलफल गर्दै ८ दल

बिहीबार आठ दलले आफ्ना प्रतिनिधिसभा सदस्यसँग काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रम।


नेपालखबर
फागुन १९, २०७९ शुक्रबार ७:३५, काठमाडौँ

राष्ट्रपति निर्वाचनका लागि एकजुट भएका ८ दलले यस विषयमा आज सातै प्रदेशका आफ्ना प्रदेशसभा सदस्यहरूसँग अन्तर्क्रिया गर्दै छन्। 

यही फागुन २५ गते हुने राष्ट्रपति चुनाव तयारीअन्तर्गत बिहीबार काठमाडौँमा आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गरेका ८ दलले आज देशभरका आफ्ना प्रदेशसभा सदस्यहरूसँग छलफल गर्ने भएका हुन्। 

आठ दलका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनेका छन् भने एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति पदमा उठाएको छ। 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित ८ दलीय गठबन्धनको कार्यदलले सातै प्रदेशमा प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया गर्न प्रतिनिधि खटाएको छ। छलफलको नेतृत्व कांग्रेसका पदाधिकारीहरूले गर्नेछन्।

जसअन्तर्गत कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरुङ, लुम्बिनीमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सहमहामन्त्री बद्री पाण्डेलाई छलफलको संयोजन गर्नेछन्। 

बागमती प्रदेशका प्रदेशसभा सदस्यहरूसँग आज दिउँसो १ बजे नयाँ बानेश्वरको आनन्द इभेन्टमा अन्तर्क्रिया कार्यक्रम राखिएको कांग्रेसले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad