राजनीति


पार्टी एकताका लागि केन्द्रीय समिति खारेज गर्नुपर्छ: भूपेन्द्रजंग शाही

पार्टी एकताका लागि केन्द्रीय समिति खारेज गर्नुपर्छ: भूपेन्द्रजंग शाही

नेपालखबर
जेठ ३१, २०८३ आइतबार १७:५७, काठमाडौँ

नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले विशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति खारेज गर्न माग गरेका छन्।

काठमाडौंमा युवा भेला राखेर उनले पार्टी एकताका लागि विशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति सबैभन्दा पहिले खारेज गर्नुपर्ने बताएका हुन्। गत पुसमा तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको सहभागिताबिनै सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कार्यसमिति आएको थियो। 

निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिक मानेको थापा नेतृत्वको कार्यसमिति खारेज गर्नुपर्ने नेता शाहीको भनाइ छ। पार्टी एकताका लागि सबैभन्दा पहिला थापा नेतृत्वको केन्द्रीय समिति खारेज गरिनुपर्ने उनको तर्क छ। 

‘विशेष महाधिवेशनका नाममा आएको यो केन्द्रीय समिति खारेज गर्नुपर्छ,’ उनले भने, ‘भ्रातृ संस्थाहरूमा गरिएका टिके नियुक्ति खारेज गर्नुपर्छ, अहिले पार्टी नेतृत्वमा रहेकाहरू विगतमा तदर्थ समिति बनाउँदा विरोध गर्नुहुन्थ्यो, अहिले खल्तीबाट नियुक्ति गर्ने? भ्रातृ संस्थाको निर्वाचन गरियोस्।’

क्रियाशील सदस्यता डिजिटलका नाममा धाँधली गर्न लागेको उनको आरोप छ। ‘विशेष महाधिवेशनमा मनपर्ने मानिस भेला गरेर नेतृत्व चयन भनिएको थियो, अद्यावधिक गर्ने भन्ने र नमानेको भनेर बाहिर राख्न खोजियो,’ शाहीले भने।

आफूहरूको सदस्यता अद्यावधिकका नाममा खारेज गरिएको उनको भनाइ थियो। पहिले नवीकरण गरेकै आधारमा १५ औं महाधिवेशन गर्न पनि उनले आग्रह गरे। साथै पार्टी नेतृत्व जेनजी पुस्तामा हस्तान्तरण गर्न पनि शाहीको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad