प्रदेश १ संसदमा प्रतिनिधित्व गर्ने दलहरुको छुट्टाछुट्टै बैठक शुरु भएको छ।
सत्ताधारी दल नेकपा एमाले, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलको बैठक प्रदेश सभाको कार्यलयमा सुरु भएको हो।
तीन दलको छुट्टाछुट्टै बैठकले आफ्न दलभित्र नामाकरणको प्रस्तावलाई सर्वसम्मत समर्थन गरेर जाने निर्णय गराउने बताइएको छ।
सरकारको नेतृत्वमा गरेको एमाले, सरकारमा समेल माओवादी र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसबीच कोसी नाम प्रदेश सभामा लैजाने यसअघि नै सहमति भएको बताइएको छ।
प्रदेश सभाको आजको बैठकमा प्रदेशको नामाकरण प्रदेश सभामा लैजाने कार्यसूची रहेको छ।
जसमा माओवादी केन्द्रका संसद रामराना मगर प्रस्तावक रहने बताइएको छ।
दलहरुको बैठकपछि नामाकरणको कार्यसूची रहेको प्रदेश सभाको बैठक बस्ने भएको छ।
दलहरुकाे बैठक बसिरहेकाले १२ बजे बस्ने भनिएको प्रदेश सभा बैठक १ घण्टा सारिएको छ। १२ बजेबाट सुरु हुने सभा १ बजेका लागि सारिएको प्रदेश सभा सचिवालयले जानाएकाे छ।
प्रदेश सभाका दलहरूको बैठक नसकिएकोले प्रदेशसभा सुरु हुन ढिलो भएको हो। सभाको निर्धारित बैठक मध्याह्न १२ बजेका लागि तोकिएको थियो।
Shares

प्रतिक्रिया