राजनीति


चितवन २ को उपनिर्वाचनलाई १८ दल दर्ता

मंसिरको चुनावमा थिए ६७ दल
चितवन २ को उपनिर्वाचनलाई १८ दल दर्ता

नेपालखबर
फागुन १७, २०७९ बुधबार ११:५३, हेटौंडा

आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा भाग लिन १८ वटा दल दर्ता भएका छन्। 

निर्वाचन आयोगले तोकेको अन्तिम मिति मंगलबार (फागुन १६ गते) सम्म १८ दल दर्ता भएका भएका हुन्। 

दर्ता भएका १८ दलमा नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेशन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रहेका छन्। 

त्यसैगरी नेकपा माओवादी समाजवादी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुर्नजागरण पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाली कांग्रेस (बीपी), राष्ट्रिय प्रजातन्त्र पार्टी र जय जन्मभूमि पार्टी नेपालले उपनिर्वाचनका लागि आफ्ना दल दर्ता गराएका छन्। 

मंसिर ४ को निर्वाचनमाभन्दा थोरै दल दर्ता भएको चितवनका जिल्ला निर्वाचन अधिकृत भीमसेन कार्कीले बताए। 

मंसिर ४ गते सम्पन्न निर्वाचन त्यहाँका लागि ६७ दल दर्ता भएका थिए। तर उपनिर्वाचनमा १८ मात्रै दर्ता भएको अधिकृत कार्कीले बताए। 

‘हामीले किन कम दल दर्ता भए भन्ने बिषयमा खोजतलास गर्ने कुरो भएन,’ उनले भने, ‘मंसिर ४ को निर्वाचनमा जस्तो उत्साह उपनिर्वाचनमा नदेखिएको भन्ने लागेको छ।’ 

अघिल्लो आमनिर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। 

खारेजीमा परेको नागरिकता प्रयोग प्रकरणमा लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad