संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधन भएकोप्रति शोक प्रश्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो।
रहमानको शनिवार हृदयघातका कारण निधन भएको थियो। समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रहमान ६३ वर्षकी थिइन्।
झापाकी स्थायी बासिन्दा रहेकी रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन्। रहमान जसपाकी केन्द्रीय सदस्यसमेत थिइन्।
प्रतिनिधि सभाको अर्को बैठक फागुन १७ गते बुधवार दिउँसो १ बजे बस्नेछ।
15
Shares

प्रतिक्रिया