ad ad

राजनीति


आठ दलीय गठबन्धनको बैठकमा ऋषि धमला पत्नी एलिजा पनि

आठ दलीय गठबन्धनको बैठकमा ऋषि धमला पत्नी एलिजा पनि

बालुवाटारमा बसेको आठ दलीय गठबन्धनको बैठकमा एलिजा गौतम (रातो स्वेटरमा)। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
फागुन १४, २०७९ आइतबार १९:३६, काठमाडौँ

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार साँझ बसेको आठ दलीय गठबन्धनको बैठकमा पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम पनि सहभागी छन्।

उनी रञ्जिता चौधरी श्रेष्ठ सभापति रहेको नागरिक उन्मुक्ति पार्टीकोतर्फबाट आठ दलको बैठकमा बालुवाटार पुगेर सहभागी भएकी हुन्।

उनी अध्यक्ष चौधरीसँगै आठ दलको बैठकमा बालुवाटार छिरेकी हुन्। उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी छन्।

त्यसैगरी माओवादी महासचिव देव गुरुङ, लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी र जनमत पार्टीका सांसद अब्दुल खान पनि सहभागी भएका छन्।

नेपाली कांग्रेसनिकटका पत्रकार धमलाकी पत्नी एलिजा एक महिनाअघि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तिमा प्रवेश गरेकी थिइन्।

पुस १० मा नेकपा एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनमा नागरिक उन्मुक्ति पनि सहभागी थियो।

तर उसले शुक्रबार नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आफूलाई आवद्ध गराएको छ। 

मोडल तथा कलाकारसमेत रहेकी गौतम गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्।

रुपन्देहीमा भएको एक कार्यक्रममा उनी नागरिक उन्मुक्तिमा प्रवेश गरेकी थिइन्। उनलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीका तथा खादा लगाएर पार्टीमा प्रवेश गराएका थिए। 

नागरिक उन्मुक्तिले लिएको विचार र नागरिक सेवाको भावनाबाट प्रभावित भएर आफू प्रवेश गरेको गौतम बताएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .