ad ad

समाज


इन्टरनेटका तार व्यवस्थापनबारे सञ्चारमन्त्री र मेयरबीच छलफल

इन्टरनेटका तार व्यवस्थापनबारे सञ्चारमन्त्री र मेयरबीच छलफल

नेपालखबर
फागुन १४, २०७९ आइतबार १९:५९, काठमाडौँ

सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच आइतवार भेटवार्ता भएको छ। 

उक्त भेटमा अव्यवस्थित तारको विषयमा छलफल भएको छ। 

काठमाडौँ महानगरभित्रका तार व्यवस्थापनबारे मन्त्री र मेयरबीच छलफल भएको हो। 

अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएकाले नियमन गर्दै व्यवस्थित गर्नेबारे छलफल भएको मेयर बालेन्द्रको सचिवलयले जनाएको छ।

त्यसलाई व्यवस्थित गर्न कारबाहीको दायरासम्म ल्याउनु पर्ने विषयमा छलफल भएको छ। मन्त्री शर्माले यसलाई नियमन गर्ने ऐन बनिरहेको बताउँदै चाँडै समितिमा पठाउने जानकारी दिइन्। 

त्यसअघि हाल मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरि मन्त्रालयको संयोजनमा सरोकारवालासँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यविस्थत गरेर शहरी सुन्दरता बढाउने पनि छलफल भएको छ।

गुगल, फेसबुक, टुइटर, यूट्यूब लगायतका सञ्जालहरुको नेपालमा कार्यालय खोल्न पहल गर्ने विषयमा छलफल भएको छ। 

उनीहरुबीच राज्यसँग भएको तथ्यांकलाई कसरी सुरक्षीत गर्न सकिन्छ भन्ने पनि कुरा भएको मेयरको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .