राजनीति


चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने जिम्मा देउवालाई

चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने जिम्मा देउवालाई

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन १३, २०७९ शनिबार १४:४, काठमाडौँ

नेपाली कांग्रेसले आगामी वैशाख १० गते चितवन–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। 

राष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न शनिबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने जिम्मा सभापति देउवालाई दिएको हो। 

बैठकले चितवन–२ मा हुने उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि निर्णय गरेको छ। 

‘संवत् २०८० वैशाख १० आइतबार चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २  मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय यो बैठक गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त उपनिर्वाचनमा पार्टीका  तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ।’

बैठकले उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमा दल दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा उक्त क्षेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार ३ सय मतका साथ विजयी हुँदा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ १४ हजार ९८८ मत ल्याउँदै विशाल अन्तरले दोस्रो भएका थिए। 

तर, लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण आगामी वैशाख १० मा चितवन–२ मा उपनिर्वाचन हुन गइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .