राजनीति


माधव नेपाललाई भेटेपछि केपी ओली शीतल निवासमा

माधव नेपाललाई भेटेपछि केपी ओली शीतल निवासमा

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १९:११, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको वार्तापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

नेपालसँग महारागञ्जमा करिब ४५ मिनेट लामो वार्तापछि अध्यक्ष ओली राष्ट्रपतिसँग परामर्शका लागि शीतल निवास पुगेको स्रोतले जनाएको छ।

अध्यक्ष नेपालसँगको भेटमा ओलीले गत शनिबारको जस्तै राष्ट्रपति प्रस्ताव गरेका बताइएको छ। उनले नेपाललाई राष्ट्रपति उठ्न प्रस्ताव गर्दै पार्टी एकता पनि गरेर अघि बढ्न भनेका थिए।

तर त्यसको जवाफमा अध्यक्ष नेपालले अहिले नै त्यसबारे आफूले सोचिनसकेको जवाफ ओलीलाई दिएका थिए।

दुई नेताबीच छलफलपछि नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहितको पुरानो गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार छिरे भने ओली शीतल निवास पुगे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad