प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० गते भंग भएको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे अहिले कुनै टुंगो भइनसकेको बताएका छन्।
सिंहदरबारमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँगको संवादपछि उनले यस्तो बताएका हुन्।
नेपालसँगको संवादपछि निस्किने क्रममा पत्रकारले सोधेका थिए, 'पुरानो गठबन्धन ब्युँताउने निर्णय भइसकेको हो?', दाहालले जवाफमा भने, 'होइन अहिले फाइनल भइसकेको छैन।'
दाहालले राष्ट्रपतिको उम्मेदवारबारे पनि अहिले नै केही टुंगो नलागिसकेको बताएका छन्। '१३ गतेसम्म टुंगिजान्छ', उनलेभ ने, 'अहिले कुरा भइरहेको छ, टुंगिएको छैन।'
114
Shares

प्रतिक्रिया