राजनीति


माधव नेपालको प्रतिक्रिया : पुरानै गठबन्धन ब्युँताउनु सबैभन्दा राम्रो

माधव नेपालको प्रतिक्रिया : पुरानै गठबन्धन ब्युँताउनु सबैभन्दा राम्रो

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०७९ बिहिबार १३:४५, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पुस १० गते भंग भएको पाँचदलीय गठबन्धन ब्युँताउने विकल्प नै अहिलेको सबैभन्दा राम्रो विकल्प भएकव बताएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा करिब एक घण्टा लामो भेटवार्तापछि पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन्। 

नेपालले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि विभिन्न विकल्पमा छलफल भइरहेको पनि जानकारी दिए। 

'सबै विकल्पमा छलफल भइरहेको छ। पुरानै पाँचदलीय गठबन्धन ब्युँत्याउने विकल्प सबैभन्दा राम्रो हुन सक्छ', उनले भने।

नेपालले नयाँ राष्ट्रपतिलाई लिएर ठूलो विवाद नरहेको पनि बताएका छन्। त्यसबारेमा विभिन्न विकल्पमा अहिले पनि छलफल चलिरहेको प्रतिक्रिया दिएका छन्। 

'राष्ट्रपति निर्वाचनलाई लिएर हामीसँग अनेक विकल्प छन्। तर तीमध्य उत्तम भनेको पुरानो गठबन्धन ब्युँत्याउने हो', उनले भने, 'अहिले विभिन्न विकल्पमा छलफल भइरहेको छ। सहमतिमै राष्ट्रपतिको उम्मेदवार उठाउँछौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad