ad ad

राजनीति


सरकारलाई कमजोर बनाउन पुनर्गठनको हल्लाः मन्त्री महासेठ

सरकारलाई कमजोर बनाउन पुनर्गठनको हल्लाः मन्त्री महासेठ

नेपालखबर
असार ११, २०७६ बुधबार १२:१४,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको काममा बाधा पुर्याउने उद्देश्य साथ सरकार पुर्नगठनको हल्ला फिँजाईएको बताएका छन्।

बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले सरकारलाई कमजोर बनाउन पुर्नगठनको अफवाह फैलाईएको बताएका हुन्।

वर्तमान सरकारले राम्रा कामहरु गरेको भन्दै उनले सरकारलाई कमजोर पार्न विभिन्न वहानामा चौतर्फी घेरावन्दी गर्न खोज्नेहरु सफल नहुने बताए। उनले भागवण्डाको लागि पार्टी एकता नभएकाले वर्तमान सरकारकै निरन्तरता हुने दाबी पनि गरे।

उनले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र महेन्द्र राजमार्ग विस्तार लगायतका महत्वपूर्ण आयोजनाहरु निर्धारित समय अगावै सम्पन्न गरिने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .