ad ad

कारोबार


हुवावे भारतसँग ‘नो ब्याक डोर’ सम्झौता गर्न तयार

हुवावे भारतसँग ‘नो ब्याक डोर’ सम्झौता गर्न तयार

नेपालखबर
असार ११, २०७६ बुधबार १२:११,

चिनियाँ दुरसंचार कम्पनी हुवावे भारतसँग जासूसीलाई हातोत्साहित गर्न ‘नो ब्याक डोर’ सम्झौता गर्न तयार भएको छ।

अमेरिकाले हुवावेका हार्डवेयर तथा सफ्टवेयरमा प्रतिबन्ध लगाएपछि हुवावे भारतसँग यस सम्झौता गर्न तयार भएको द इकोनोमिक टाइम्सले जनाएको छ।

अमेरिकाले हुवावेका सामाग्री चीन सरकारको जासूसीको माध्यम भएको बताउँदै आएको छ।

हुवावेले आफू चीनको जासुसीको माध्यम नभएको बताउँदै आएको छ।

नो ब्याक डोर सम्झौता अनुसार भारत सरकाले हुवावेका सफ्टवेयर तथा हार्डवेयरमा कम्पनीलाई नसोधी अनुसन्धान गर्नसक्छ। निगरानीमा राख्न सक्नेछ।

प्रस्तावित सम्झौता अनुसार हुवावेले आफू भारत सरकारसँग पारदर्शी हुने बताएको छ। भारतस्थित हुवावेका मुख्य कार्यकारी अधिकारी जय चेनले भने,‘हामीले भारत सरकार समक्ष नो ब्याक डोर सम्झौताको प्रस्ताव गरेका छौं।’

हुवावे फाइभ–जी प्रविधिमा सबैभन्दा अग्रपंक्तिमा रहेको कम्पनी हो। यसले भारतमा समेत फाइभ–जी सुविधा प्रदान गर्नका लागि उसका प्रविधि भित्र्याइसकेको छ।

विश्वका अन्य कैयौं मूलुकमा हुवावेले फाइभ–जी प्रविधि विकास गर्ने अनुमति पाइसकेको छ।

यदी भारतले हुवावेसँग सम्झौता गरे उसले हुवावेलाई अनुगमन गर्ने अधिकार प्राप्त गर्दछ। कम्पनीमा समस्या देखे प्रतिबन्धसमेत लगाउन सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .