ad ad

राजनीति


जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०७९ आइतबार १०:३९, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको बैठक राख्दै छ। 

यही फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको चुनावका लागि राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीको भूमिकाबारे छलफल गर्न उक्त बैठक आज राख्न लागिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए। उनका अनुसार बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने छ। 

यसैगरी जसपाले नेकपा एकीकृत समाजवादीपार्टीलगायत अन्य साना दलसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .