आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले पहिलो ब्याटिङ गर्नेछ।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। नामिबियासँगको खेलमा रहेका ललित नारायण राजवंशीलाई बेन्चमा राख्दै गुल्सन झालाई टोलीमा समेटेको छ।
नेपाल घरेलु मैदानमा स्कटल्यान्डलाई पराजित गर्ने योजनामा छ। उता आइसीसी लिग २ च्याम्पियन बनिसकेको स्कटल्यान्ड नेपाललाई घरेलु मैदानमा हराउने सोचमा छ।
नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले तथा स्कटल्यान्डले १ विकेट हराउँदै विजयी सुरुवात गरेका थिए।
78
Shares

प्रतिक्रिया