राजनीति


५६ अर्बको एमसीसी अनुदान सम्झौतामा देशको नीतिविपरीत कुनै बुँदा छैनन्ः नेता महत

५६ अर्बको एमसीसी अनुदान सम्झौतामा देशको नीतिविपरीत कुनै बुँदा छैनन्ः नेता महत

नेपालखबर
पुस १५, २०७६ मंगलबार ७:३७,

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले पछिल्लो समय नेपालमा बहस भइरहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौतामा नेपालको असंलग्न नीति विपरीत कुनै बुँदा नभएको बताएका छन्।

मंगलबार सामाजिक सञ्चाल ट्विटरमा एमसीसीबारे प्रतिक्रिया दिँदै नेता महतले अमेरिकी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत पर्ने भन्दैमा आपत्ति जनाउन नहुने बताएका हुन्।

नेता महतले भनेका छन्, ‘सो नीतिको घोषित लक्ष्य सम्बन्धित क्षेत्रका स्वतन्त्र राष्ट्रहरुको शान्ति, समृद्धि र सुरक्षा हो।’

सत्तारुढ दल नेकपाभित्र एमसीसीबारे तीव्र विवाद र बहस भइरहँदा प्रतिपक्षी दलका नेता महतले एमसीसीको विरोध गर्नु उचित नभएको बताएका हुन्।

एमसीसीले विकासमा योगदान दिने भएकाले यसलाई संसदले अनुमोदन गर्नुपर्ने माग उठिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad