ad ad

राजनीति


विद्युतीय मेसिनबाट अखिलको नेतृत्व छानिँदै

विद्युतीय मेसिनबाट अखिलको नेतृत्व छानिँदै

फाइल।


नेपालखबर
फागुन ४, २०७९ बिहिबार १०:४३, काठमाडौँ

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचन विद्युतीय मेसिनबाट हुने
भएको छ।

फागुन २ गतेबाट शुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि आज मतदान हुन लागेको हो। यस पटकको अखिलको निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर हुने बताइएको छ।

बिहान ८ बजेबाट मतदान शुरु गर्ने भनिएपनि सबै सदस्यहरु नआइसकेकाले अझै केही समय लाग्ने बताइएको छ।

अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .