अपराध


ई-सेवा ह्याक गरी रकम ठगी, एकजना पक्राउ

ई-सेवा ह्याक गरी रकम ठगी, एकजना पक्राउ

अभियुक्त शिवबहादुर मगर


नेपालखबर
फागुन ४, २०७९ बिहिबार १०:४४, काठमाडौँ

ई-सेवा ह्याक गरी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कपन प्रभागले महोत्तरी बर्दिबास नगरपालिका ५ घर भई हाल गोकर्णेश्वर नगरपालिका ५ बेसीगाँउ बस्ने २१ वर्षीय नवीन मगर भन्ने शिवबहादुर मगरलाई पक्राउ गरेको हो। 

उनले रौतहट गरुणा नगरपालिकाप ४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका-१० कपन साततले बस्ने प्रदीप साहको ई-सेवा ह्याक गरी ७५ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप छ। 

साहले आफ्नो ई-सेवा आईडी ह्याक भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। अनुसन्धानका क्रममा नविनले ह्याक गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad