राजनीति


गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण बनाइदिन खाँणको आग्रह

गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण बनाइदिन खाँणको आग्रह

नेपालखबर
फागुन २, २०७९ मंगलबार १९:२२, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले भेटघाट गरेका छन्। 

काठमाडौंमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध, नेपालको राजनीति र समसामयिक विषयमा छलफल भएको छ। 

कांग्रेस नेतासमेत रहेका पूर्वगृहमन्त्री खाँणले विदेशसचिव क्वात्रासँग लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएको बेलामा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे पुनः स्मरण गराए।

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने बताएका थिए। 

त्यस्तै, पूर्वगृहमन्त्री खाँणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण निर्माण गर्न वातावरण निर्माण गर्ने विषयमा क्वात्रासँग छलफल गरे।

यस्तै, थप हवाइ रुट दिन पहल गरिदिन पनि आग्रह गरे। मोदीले लुम्बिनी भ्रमणका क्रममा थप हवाइ रुटबारे पहल गर्ने आश्वासन दिएका थिए। 

खाँणले त्यसबारे पुनः मोदीलाई सम्झाउन र पहल गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad