राजनीति


ओलीको दाबी : एमाले देशलाई बर्बाद हुन नदिने गेट पाले

ओलीको दाबी : एमाले देशलाई बर्बाद हुन नदिने गेट पाले

अनेरास्ववियुको महाधिवेशनमा सम्बोधन गर्दै केपी ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
फागुन २, २०७९ मंगलबार १८:५४, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देश बर्बाद नहुने गेट पाले भएको बताएका छन्। 

मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

'अहिले यो देश बर्बाद पार्ने खेल भइरहेको छ। सबैभन्दा पहिले यदि कुनै डाकाले बैंकमा डकैती गर्नपर्‍यो भने पहिले पालेलाई प्रहार गर्छ', उनले भने, 'नेकपा (एमाले) यो देशमा डकैती गर्न नदिने गेटको पाले हो। यसमाथि नहानी भित्रै पस्न पाउँदैनन्। त्यसकारण पहिले यसमाथि प्रहार हुनसक्छ। हुँदै आएको छ।'

उनले फेरि पनि एमालेमाथि प्रहार हुन सक्ने बताएका छन्।

'पहिले पनि एमालेमाथि प्रहार भएको छ। त्यसकारण फेरि पनि प्रहार हुँदैन भन्न सकिँदैन', उनले भने, 'अनेक शक्तिहरु अहिले क्रियाशील छन्। अनेक षड्यन्त्र भइरहेका छन्। यहाँ स्थिरता र स्थायित्व हुन नदिने प्रयासहरु भइरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad