ad ad

राजनीति


सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट सुरु हुनेछ : प्रधानमन्त्री

सुदूरपश्चिममा विकासको नयाँ फड्को आजबाट सुरु हुनेछ : प्रधानमन्त्री

नेपालखबर
फागुन १, २०७९ सोमबार १०:४०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा विकासको नयाँ फड्को आजबाट सुरु हुने बताएका छन्। 

२८ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिममा स्थापना गर्ने पनि बताए। 

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकबाट कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय भएलगत्तै आज प्रचण्ड सुदूरपश्चिम गएका छन्। 

सोही प्रसंग उदृत गर्दै प्रचण्डले जनयुद्ध दिवसका दिन नै विकासमा फड्को मार्दै गर्दा आफ्नो इच्छा, आकंक्षा र देश विकास र सुशासनमा लाग्न प्रेरित गरेको बताए।

साथै, प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवस अब नेपाल राष्ट्रकै सम्पती भएको बताए।

प्रचण्डले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतिपूर्ण अवसरको रुपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको बताए।

‘यस पटक सरकारको नेतृत्व गर्नुलाई मैले चुनौतिपूर्ण अवसरको रुपमा लिएको छु। हामीलाई असफल हुने बिल्कुलै छुट छैन’, प्रचण्डले भने, ‘हामीले
सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नु नै पर्नेछ। यसरी मात्रै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई ठिक ढंगले कार्यान्वयन गर्न सकिन्छ।’ 

उनले फेरि एक पटक नयाँ संकल्पसहित अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउँदै सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकतावद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .