राजनीति


इरानले चेतावनी दिँदै भन्योः अमेरिकाले नराम्रो नतिजा भोग्नेछ

इरानले चेतावनी दिँदै भन्योः अमेरिकाले नराम्रो नतिजा भोग्नेछ

नेपालखबर
पुस १४, २०७६ सोमबार १२:४२,

आफ्नो देशका एक ठेकेदारको मृत्यु भएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित इरानसमर्थित लडाकु शिविरमा आक्रमण गरेको थियो।

जवाफमा इरानले भनेको छ,‘अमेरिकाले सार्वभौम मूलुकमा आक्रमण गरेर यस देशको स्वतन्त्रताको धज्जी उडाएको छ। यसले अमेरिकाले आतंकवादलाई खुला समर्थन गरेको देखिन्छ।’

इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मोसाभीले भनेका छन्,‘अमेरिकाले अवैध आक्रमणको जिम्मेवारी लिनुपर्छ। यसको परिणाम भोग्न तयार हुनुपर्छ।’

आइतबारको अमेरिकी आक्रमणमा २५ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको सीएनएनले जनाएको छ।

हिज्बुल्लाह समूहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर अमेरिकाले आक्रमण गरेको पुष्टि गरेको थियो।

अमेरिकाले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन मानेको छ।

गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए भने कैयौँ अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए।

उक्त आक्रमण हिज्बुल्लाहले गरेको बताउँदै अमेरिकाले हिज्बुल्लाहले नियन्त्रणमा लिएका इरान र सिरियाली क्षेत्रमा आक्रमण गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad