नेपाल प्रहरीका प्राविधिक डीआईजी डा. आशा सिंह एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) पदमा बढुवा भएकी छन्।
प्राविधिक प्रहरी उप–समूह अन्तर्गत रिक्त रहेको एआईजीमा डा. सिंहलाई बढुवा गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ।
समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा जारी सूचना अनुसार सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई पदोन्नती गरेको हो।

प्रतिक्रिया