ad ad

राजनीति


२०१८–१९ मा सबैभन्दा धेरै लगानी गर्ने चीन, ठूलो व्यापारिक साझेदार भारत

२०१८–१९ मा सबैभन्दा धेरै लगानी गर्ने चीन,  ठूलो व्यापारिक साझेदार भारत

नेपालखबर
पुस १४, २०७६ सोमबार ९:४१,

सन् २०१८–१९ को वार्षिक व्यापारका आधारमा भारतले नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रूपमा आफ्नो पूर्ववत् स्थान कायम राखेको छ।

सो अवधिमा सबैभन्दा धेरै पर्यटक आउने स्रोत मुलुक र मुख्य विकास साझेदार पनि दक्षिणी छिमेकी भारत नै रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै, उत्तरी छिमेकी चीन नेपालमा सबैभन्दा धेरै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउने मुलुकको रुपमा उसको स्थान विगत वर्षजस्तै कायम राखेको छ।
चीन नेपालको दोश्रो ठूलो व्यापारिक साझेदारकाे रूपमा रहेकाे छ र नेपालमा सबैभन्दा धेरै पर्यटक आउने देशको सूचीमा दोश्रो स्थानमा पनि चीन नै रहेको छ।

परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको वार्षिक प्रतिवेदनमा सो कुरा सार्वजनिक गरिएको हो।

Mofa report 1

सो प्रतिवेदनअनुसार नेपालमा सबैभन्दा धेरै लगानी गर्ने प्रमुख पाँच राष्ट्रमा चीन, भारत, अमेरिका, जापान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्।

त्यस्तै, द्विपक्षीय विकासतर्फ शीर्ष पाँच साझेदारहरुमा भारत, चीन, बेलायत, जापान र अमेरिकी सहयोग नियोग यूएसएड रहेका छन्। बहुपक्षीय शीर्ष पाँच विकास एजेन्सीमा विश्व बैंक समुह, एशिलयाली विकास बैंक, राष्ट्र संघ, युरोपियन युनियन (इयू), र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफ्याड) रहेका छन्।

शीर्ष पाँच आयात साझेदार मुलुकमा भारत, चीन, यूएई, फ्रान्स र इण्डोनेसिया रहेका छन् भने शीर्ष पाँच निर्यात साझेदार मुलुकमा भारत, अमेरिका, जर्मनी, टर्की र बेलायत छन्।

गत वर्ष नेपालमा जम्मा १२ लाख ३८ हजार पर्यटक आएका थिए। तीमध्ये सबैभन्दा धेरै पर्यटक आउने पाँच मुलुकमा भारत, चीन, अमेरिका, श्रीलंका, र बेलायत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .