ad ad

समाज


न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

नेपालखबर
पुस १४, २०७६ सोमबार ९:४४,

बूढानीलकण्ठ नगरपालिका न्यायिक समितिमा आर्थिक वर्ष २०७५/७६ मा ७५ उजुरी दर्ता भएको छ। समितिमा परेका उजुरी सबैभन्दा बढी जग्गा विवादको रहेको समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईले बताइन्।

उनका अनुसार अधिकांश उजुरी साँधसिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलान, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी पर्ने गरेको छ।

‘सकेसम्म उजुरीहरु मेलमिलापको मध्यमबाट नै टुङ्ग्याउने गरेका छौँ, मिल्दै नमिल्ने मुद्दालाई मात्र अदालतमा पठाउने गरेका छौँ’, उपप्रमुख राईले भने। उनका अनुसार आव २०७५/७६ मा परेका ७६ उजुरीमध्ये ५३ मिलापत्र गरिएको छ। छ वटालाई अदालतमा सिफारिस गरिएको छ र १६ वटा फैसला भएको छ।

व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी समितिमा नपरे पनि घरजग्गा विवाद, सम्बन्ध बिच्छेद, ढल बाटो निकास, साँधसिमाना मिचेको, ठगी, लेनदेनलगायत उजुरी परेको छ। आव ०७५/७६ मा ढल, बाटो निकासका ४ उजुरी दर्ता भएको छ। त्यस्तै लेनदेन, बैनासम्बन्धी सात, वातावरण ध्वनि प्रदूषसम्बन्धी ४, साँधसिमाना मिचेको ७, अन्तरकालीन आदेश १, शान्तिसुरक्षा र ज्याला पाँच, घर पर्खाल निर्माण सम्पन्न ६, ठगीका ८, पारिवारिक तथा सम्बन्धबिच्छेदका २० र अन्य विविध ८ उजुरी दर्ता भएको छ।

त्यस्तै चालु आव २०७६/७७ मा पनि उजुरी आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ। चालु आवको साउनयता नगरपालिकामा ४० उजूरी दर्ता भएका छन्। दर्ता भएका धेरैजसो उजुरी घरजग्गा विवादसम्बन्धी छ।

नगरपालिकामा चालु आवमा ८ घरजग्गा विवादको उजुरी, दुई सम्बन्धबिच्छेद, ५ पारिवारिक विवाद, ५ घरबहाल, १ शान्तिसुरक्षा ज्याला, २ गालीगलोजसम्बन्धी र ११ विविध उजुरी लिखित रुपमा दर्ता भएको छ। समितिमा दुई कानुन व्यवसायी सदस्य छन्। समितिले यहाँ दर्ता भएका उजुरीको सुनुवाइका लागि प्रत्येक मंगलबार र शुक्रबार इजलास राख्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .