भिडालले बार्साले आफूलाई २४ लाख युरो बोनस रकम दिन बाँकी रहेको भन्दै मुद्दा हालेको एबीसीलाई उदृत गर्दै मार्काले जनाएको छ।
तार बार्साले भिडालले मुद्दा हाले पनि आफू उनको माग पुरा गर्ने पक्षमा नभएको जनाएको छ।
४१ लाख युरो बोनस दिनुपर्नेमा बार्सा मात्र १७ लाख युरो बोनस दिएर टार्न खोजेको भिडालको आरोप छ।
बार्साले भने बोनस रकम दिन बाँकी नरहेको प्रतिक्रिया जनाउँदै उनको माग पुरा नहुने बताएको हो।
भिडाललाई अन्य क्लबमा जान मन भएकाले उनले झुठो आरोप लगाएको बार्साको भनाइ छ।
इन्टर मिलानले भिडाललाई १२ मिलियन युरोमा अनुबन्ध गर्ने प्रयास गरिरहेको हल्लाहरु चलेका छन्। यसबीचमा भिडालले बार्साले उनलाई बोनस रकम नदिएको अरोप लगाएका हुन्।
क्रिसमस ब्रेकपछि आफूले बार्सासँग बोनस रकमबारे कुरा गर्ने भिडालले बताएका छन्।
प्रतिक्रिया