ad ad

राजनीति


नेविसंघका दुई पक्षबीच ढुंगा हानाहान

नेविसंघका दुई पक्षबीच ढुंगा हानाहान

नेपालखबर
माघ २३, २०७९ सोमबार १५:२, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन र इतर समूहनिकट विद्यार्थीबीच ढुंगा हानाहान भएको छ। नयाँ बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच ढुंगा हानाहान भएको हो। 

अध्यक्ष दुजाङ शेर्पामाथि एकलौटी गरेको आरोप लगाउँदै समानान्तर गतिविधि गर्दै आएको इतर समूह भेटघाट कार्यक्रम गर्न क्याम्पस पुगेका बेला संस्थापन समूहले ढुंगामुढा गरेको बताइएको छ। 

‘स्ववियु निर्वाचन विशेष सुझाव संकलन तथा भेटघाट कार्यक्रमअन्तर्गत हामीले आज मीन भवन क्याम्पसमा कार्यक्रम राखेका थियौं,’ इतर समूहका नेता भुवन भट्टले भने, ‘हामीलाई क्याम्पस भित्र प्रवेश गर्न दिइएन।’

उनले अध्यक्ष शेर्पानिकट विद्यार्थीहरुले आफूहरुको कार्यक्रम विथोल्न क्याम्पसमा गुण्डा परिचालन गरेको पनि आरोप लगाए।

‘झण्डै सय जना गुण्डा क्याम्पसभित्र राखिएको थियो। उनीहरुले भित्र जान नदिने, हामीहरु भित्र जान खोज्ने,’ भट्टले भने, ‘विवाद चल्दै थियो। उनीहरु पछि बाहिर आए। भनाभन भयो। भित्रबाट ढुंगामुढा गरियो। पछि दोहोरो नै चल्यो।’

इतर समूहले नेविसंघको वैधानिक पूर्णताको मागसहित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी र संगठन भित्रको एकाधिकारविरुद्ध खवरदारी भेला गर्दै निर्वाचन तयारी समिति गठन गरेर समानान्तर गतिविधि गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .